
तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन
काठमाडौं- वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। उनी केही समयदेखि उमेरजन्य स्वास्थ्य समस्याबाट पीडित थिए।
बीबीसी तमिलका अनुसार रावले चार दशकभन्दा बढीको अभिनय यात्रामा ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। उनले तेलुगु भाषासहित विभिन्न भाषाका फिल्महरूमा आफ्नो अभिनय प्रस्तुत गरेका थिए।
पद्मश्री पुरस्कार प्राप्त राव भारतको आन्ध्र प्रदेशबाट विधायक समेत भइसकेका थिए। उनी अभिनयमार्फत लोकप्रिय मात्र होइन, सार्वजनिक जीवनमा पनि सक्रिय थिए।
उनको निधनप्रति तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू, उपमुख्यमन्त्री एवं अभिनेता पवन कल्याणसहित धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।



कागजपत्र |
