
टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको तयारी क्याम्प घोषणा, आदिल पनि बोलाइए
काठमाडौं- आगामी आईसीसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको छ।
यस प्रारम्भिक टोलीमा प्रतिबन्धबाट फुकुवा भएका मोहमद आदिल आलम पनि समावेश छन्। सन् २०७९ मंसिरमा नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि उनमा प्रतिबन्ध लागेको थियो। आवश्यक अनुसन्धानपछि क्यानको इन्टेग्रिटी कमिटीले उनलाई २०८२ वैशाख २१ गतेबाट पुनः प्रतिस्पर्धा गर्न अनुमति दिएको हो।
यस्तै, स्कटल्याण्ड सिरिजका लागि टोलीमा नपरेका कुशल मल्ललाई पनि क्याम्पमा बोलाइएको छ, जसले उनलाई पुनः टिममा फर्किने मौका दिन सक्छ।
क्यानले बोलाएको ३२ सदस्यीय क्याम्पमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार रहेका छन्।
यीमध्ये छनोट हुने अन्तिम टोलीले एसिया तथा इस्ट एसिया–प्रशान्त छनोट प्रतियोगिता खेलेर २०२६ मा भारत–श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको लागि प्रतिस्पर्धा गर्नेछ।




कागजपत्र |
