दुर्गेश र सिसनको ‘जाने भए जाम माया’ सार्वजनिक, गुराँस नानीको डेब्यु


काठमाडौं — गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँको सहकार्यमा तयार पारिएको नयाँ गीत ‘जाने भए जाम माया’ सार्वजनिक भएको छ। सार्वजनिक भएको केही घण्टामै दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको यो गीतमा भाइरल टिकटक मोडल गुराँस नानीले पहिलोपटक म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्।

गीतमा दुर्गेश थापा, सिसन बानियाँ र विदेशी कलाकार अलहजी गेराेको स्वर रहेको छ। शब्द, संगीत र एरेन्ज पनि दुर्गेश थापाकै रहेको छ भने भिडियोको निर्देशन शिव बीकेले गरेका हुन्।

गुराँस नानीको अभिनयले भिडियोमा नयाँपन ल्याएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। हाँसोको पात्रका रूपमा सामाजिक सञ्जालमा चिनिएकी गुराँस नानीलाई गायक थापाले सम्मानजनक पारिश्रमिकसहित म्युजिक भिडियोमा ल्याएका हुन्।

भिडियोमा दुर्गेश थापा, सिसन बानियाँ, लासो पेमा, गुराँस नानी, अलहजी गेराे रगुराँस नानीको दमदार अभिनय देख्न सकिन्छ।  यसअघि ‘दुश्मन हेरेको हेर्यै’ गीतबाट सय मिलियन भ्युज पार गरिसकेका थापाले यस गीतप्रति पनि दर्शकको राम्रो आशा गरेका छन्।

प्रतिक्रिया