
अमेरिका पठाइदिने प्रलोभनमा ठगी, दुई जना पक्राउ
काठमाडाैं- विदेश पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बस्ने ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–५ का ४७ वर्षीय मिङमाडुण्डु शेर्पा र दाङ तुलसीपुर उपमहानगरपालिका–५ बस्ने रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ का ५४ वर्षीय स्वर्णिम कुमार बाँठा छन्।
मिङमाडुण्डुले अमेरिका पठाइदिने भन्दै एक पीडितबाट ४० लाख रुपैयाँ लिएको र स्वर्णिमले अर्को पीडितबाट ६९ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई क्रमशः काठमाडौं र दाङबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
