
एनपीएल दोस्रो संस्करणको भविष्य अन्योलमा, अख्तियारमा उजुरीपछि काम रोक्न आदेश
काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई पठाइएको पत्रमार्फत राखेपले अख्तियारको छानबिन नसकिँदासम्म दोस्रो संस्करण सम्बन्धि कुनै काम नगर्न र नगराउन आदेश दिएको हो।
एनपीएलको पहिलो संस्करण सन् २०२४ डिसेम्बरमा सम्पन्न भएको थियो। यद्यपि, त्यसपछि करिब ६ महिनासम्म आर्थिक विवरण सार्वजनिक नभएको, स्पष्ट जवाफ नदिइएको र झारा टार्ने व्यवहार देखिएको भन्दै छानबिन समितिले असार २२ गते पुनः कडा भाषा प्रयोग गर्दै अन्तिमपटक स्पष्ट र तथ्यपरक जवाफ दिन निर्देशन दिएको हो।
छानबिन कार्यदलले यदि क्यानबाट मागअनुसारका कागजात प्राप्त नभए कानुनअनुसार कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।



कागजपत्र |
