
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनालाई गरियो हेलिकप्टरबाट उद्धार
काठमाडौं – रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् ।सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए ।उद्धारको लागी सेनको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको छ ।
बाढीका कारण सम्पर्क विहीन भएकाहरूको खोजीमा धादिङ स्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोलीलाई गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवा स्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाका तर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याम साइडबाट उद्धार हुनेमा एक जना चिनियाँ, १५ जना पुरुष र दुई जना महिला सहित छन् ।



कागजपत्र |
