ब्रेकअप भएपछि आफ्नै प्रेमिकाको नग्न भिडिओ भाइरल गर्ने गोर्खाका जिफ्रान पक्राउ


काठमाडौं— गोर्खाकी एक युवतीको नुहाउँदै गरेको नग्न भिडिओ सामाजिक सञ्जालमा फैलिएको घटनाले सनसनी मच्चिएको छ। प्रेमसम्बन्धमा रहेकी ती युवतीले इन्स्टाग्राम भिडिओ कलमा प्रेमी जिफ्रान थापा मगरमाथि विश्वास गर्दै बाथरुमभित्र नुहाउने क्रममा देखिएकी थिइन्। तर, जिफ्रानले सो क्षण स्क्रिन रेकर्ड गरेर अश्लील भिडिओ तयार पारेका रहेछन्।

सम्बन्धमा दरार आएपछि जिफ्रानले ती भिडिओ बदला लिने मनसायले आफ्ना नाबालिग साथीलाई पठाए। उक्त साथीमार्फत भिडिओ अन्य साथीहरू हुँदै ह्वाट्सएप र मेसेन्जरमा फैलिएको प्रहरी अनुसन्धानमा खुलेको छ। पीडित युवतीको भनाइअनुसार भिडिओ परिवारलाई समेत थाहा भएपछि उनी गहिरो मानसिक आघातमा परिन्।

२२ जेठमा जाहेरी दर्ता भएपछि प्रहरीले जिफ्रानलाई पक्राउ गर्‍यो भने अर्का संलग्न बिप्लव श्रेष्ठ फरार छन्। जिल्ला अदालत गोरखामा १७ असारमा दर्ता मुद्दामा दुवै जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया