
‘कमेन्टको अत्याचार धेरै भयो, भाइरल हुन मन लाग्नेहरू आइजा है’
काठमाडौं- गायिका एलिना चौहानले आफ्ना सामाजिक सञ्जाल पोस्टमा अत्यधिक नकारात्मक कमेन्ट आएको भन्दै सार्वजनिक रूपमा गुनासो गरेकी छन्। बुधबार साँझ फेसबुक स्टाटसमार्फत बोल्दै उनले आफूले गरेका पोष्टहरूमा लगातार नकारात्मक प्रतिक्रिया आइरहेकाले अब पालैपालो ती विषयमा पोष्ट गर्ने चेतावनी दिएकी हुन्।
एलिनाले स्ट्याटसमा लेखेकी छन्, “कमेन्टको अत्याचार धेरै भयो । पालैपालो पोष्ट गर्छु । भाइरल हुन मन लाग्नेहरू आइजा है।”
उनले पूर्व श्रीमान् विष्णु सापकोटासँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणीप्रति असन्तुष्टि जनाउँदै, यस्ता कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्ने चेतावनी पनि दिएकी हुन्। एलिना र विष्णुको डिभोर्स भइसकेको छ।



कागजपत्र |
