मन्दिरमा बालविवाह, फर्कंदै गर्दा प्रहरीले समात्यो


अछाम- अछाम जिल्लाको मंगलसेन नगरपालिका क्षेत्रबाट बालविवाह गरेका एक किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान एक किशोरले एक किशोरीलाई भगाई विवाह गरेर सिन्दूर हाल्ने कार्य मन्दिरमा गरेका थिए। विवाहपछि घर फर्कंदै गर्दा स्थानीयले घटना देखेपछि मेल्लेख प्रहरी चौकीमा खबर गरेका थिए।

सूचना पाएपछि प्रहरी टोली तत्काल खटिएको थियो र दुवै जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया