नागार्जुनमा जुवा खाल, एक महिलासहित ८ जना प्रहरी कब्जामा


काठमाडौं – नेपाल प्रहरीले जुवा खेलाइमा संलग्न भएको आरोपमा एक महिलासहित आठ जनालाई पक्राउ गरेको छ। स्वयम्भू प्रहरी वृत्तबाट खटिएको टोलीले सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित रानीपाटी पानीट्यांकी नजिकैको एक घरबाट यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामा गुल्मीको रेसुङ्गा गाउँपालिका–८ की उषा थापा पनि छन्, जो सो घरमा डेरा गरी बसेकी थिइन्। अन्य पक्राउ परेकाहरूमा राजकुमार शाही, सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ, तुलराम थिङ, मनकुमार केरुङ लिम्बू, धनबहादुर भोलन र राजकुमार तामाङ रहेका छन्।

प्रहरीले उनीहरूबाट नेपाली नगद १ लाख १० हजार ६३० रुपैयाँ र ३ बुक तास जफत गरेको छ। पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको थप अनुमति लिई अनुसन्धान अधीनमा राखिएको छ।

प्रतिक्रिया