राप्रपाका तीन सांसदको पिएसओ खोसियो


काठमाडाैं- राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा सक्रिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूलाई दिइएको निजी सुरक्षा अधिकृत (पिएसओ) सुविधा सरकारले फिर्ता गरेको छ। प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, पूर्वमन्त्री ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहसहितका नेताहरूको पिएसओ केही दिनअघि हटाइएको हो।

शाहीका अनुसार तीन–चार दिनअघि पिएसओ फिर्ता लगिएको हो। उनले भने, “हाम्रो कुनै आपत्ति छैन, तर सरकारको यो कदम अर्थपूर्ण छ।”

यसबीच, सशस्त्र प्रहरी बल मुख्यालयले भने यो नियमित हेरफेर प्रक्रिया भएको दाबी गरेको छ। स्रोतले भन्याे, “पुराना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो, चाँडै नयाँ पिएसओ पठाइनेछ।”

सरकारको यो कदम राप्रपाले चालेको राजसंस्थाप्रतिको समर्थन र जेठ १५ मा हुने प्रदर्शनसँग पनि जोडिएर हेरिएको छ।

प्रतिक्रिया