


संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखक

काठमाडौं — गृहमन्त्री रमेश लेखकले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।
मंगलबार र बुधबार दुवै दिन भिजिट भिसा प्रकरण उठेका प्रश्नहरूबारे संसद्मा जवाफ दिन खोजे पनि प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
उनले संसद् भवनकै ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे स्पष्टीकरण दिन लागेका हुन् ।
संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल (संसद् भवन) परिसरमै प्रेस मिट गर्ने तयारी रहेको जनाइएको छ । तर पत्रकार सम्मेलनको समय भने तय नभइसकेको जनाइएको छ ।

