‘रेविकालाई न्याय दे’ भन्दै संसद् भवन अगाडि प्रदर्शन, ८ जना प्रहरी नियन्त्रणमा


काठमाडौं- गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।

प्रहरीले ८ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दुई जनाको ज्यान गएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् ।

प्रतिक्रिया