तीनकुने हिंसात्मक प्रदर्शनको अनुसन्धान टुंगिन लाग्याे, ६१ जनामाथि मुद्दा लाग्ने


काठमाडौं- चैत १५ मा तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै लुटपाट, तोडफोड र आगजनीसम्म पुगेपछि यसको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। काठमाडौं प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ६१ जनालाई प्रतिवादी बनाइ सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

पक्राउ परेकाहरूलाई चारवटा गम्भीर कसुर  आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको गतिविधि, र ज्यान मार्ने उद्योग  अन्तर्गत मुद्दा चलाइनेछ।

हालसम्म १७० भन्दा बढी पक्राउ परेकामध्ये ५३ जना हिरासतमा छन्। घटनालाई लिएर राजनीतिक ध्रुवीकरण चुलिएको छ। सत्तापक्षले कानुनी कठघरासम्म पुर्‍याउन जोड दिँदै आएको छ भने, विपक्षले यसलाई अभिव्यक्तिको अधिकारमाथिको अंकुश भन्दै आलोचना गरेको छ।

राजावादी पक्ष जेठ १५ मा पुनः प्रदर्शनको तयारीमा छन्। यसपटक शान्तिपूर्ण हुने भनिए पनि, अघिल्लो घटना र आरोपपत्रले कानूनी निष्कर्षभन्दा अगाडि सुरक्षा चुनौती झन् गहिरो बनाएको छ।

प्रतिक्रिया