


८ महिनामै टुंगियो वैवाहिक जीवन, अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

काठमाडौं- अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको वैवाहिक सम्बन्ध ८ महिनामै टुंगिएको छ। गत भदौमा विवाह गरेका उनीहरूले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन्।
अरुणिमाले केही समयअघि अदालतमा डिभोर्सको मुद्दा दायर भएको जानकारी दिएकी थिइन्। उनी वैशाख महिनामा अमेरिका बाट नेपाल आएर वारेसमार्फत मुद्दा दायर गरेको बताउँछिन्।
यता युवराज श्रेष्ठले भने वैशाख २८ गते सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले टिकटकमा भनेका छन्, “मैले वैशाख २८ गते दिनको ४:१० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ। जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो, छुट्टियो, सकियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।”

