धनगढी जाँदै गरेको विमान मौसम खराबीका कारण काठमाडौं फर्काइयो


काठमाडौं- धनगढीका लागि काठमाडौंबाट उडेको श्रीएयरलाइन्सको विमान आकस्मिक रूपमा पुनः काठमाडौँमै अवतरण गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको झण्डै आधा घण्टापछि मौसमको खराबीका कारण जहाज काठमाडौँ फर्काइएको हो।

धनगढी विमानस्थल कार्यालयका अनुसार, गन्तव्य नजिकै आकाशमा तीव्र हावाहुरी चलेपछि सुरक्षाका लागि जहाज डाइभर्ट गरेर पुनः काठमाडौँ अवतरण गराइएको हो।

यसअघि पनि यस्तै हावाहुरीका कारण बुद्ध एयरको एक जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।

प्रतिक्रिया