


भीमसेनगोलामा कारको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौं – कारको ठक्करबाट काठमाडौंको भीमसेनगोलामा एक बालकको मृत्यु भएको छ ।
कारको ठक्करबाट तीन वर्षीय शिवांस झाको मृत्यु भएको काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।
बानेश्वरनजिकैको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका शिवांसको उपचारका क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो ।
कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

