

३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं- आज सुनको मुल्यमा एकैपटक ३ हजार रूपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार रूपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको मूल्य पनि केही मात्रामा बढेको छ । हिजो १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

