

१० वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा सुर्खेतबाट एकजना पक्राउ

सुर्खेत- सुर्खेतबाट १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
वीरेन्द्रनगर नगरपालिका-३ पंचकोशी संगमटोल बस्ने ६० वर्षीय गगन कामीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गगनले ती बालिकालाई गत चैत १३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

