काठमाडौंमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, २ घाइते


काठमाडौं- काठमाडौं महानगरपालिका–२२ स्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज  मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी घर भई ललितपुर बस्ने ४६ वर्षका सन्तोषकुमार गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

सो दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया