गुल्मीमा डुबेर एक किशोरको मृत्यु


गुल्मी- गुल्मीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका-४ स्थित छल्दि खोलामा डुबेर सोही नगरपालिका-६ भुवाचिदी बस्ने १७ वर्षीय ग्रिस्म शर्माको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा आइतबार दिउँसो डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव आइतबार साँझ फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया