पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र नागरिकसँग दूतावास निरन्तर सम्पर्कमा


काठमाडौं— नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकको सुरक्षा र हितप्रति पूर्ण सजग रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पाकिस्तानमा हालै उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै इस्लामावादस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूसँग निरन्तर सम्पर्कमा रहँदै आवश्यक सहयोग गरिरहेको उल्लेख गरिएको छ।

संकटकालीन अवस्थामा तत्काल सहयोग आवश्यक परेमा विद्यार्थी, तिनका अभिभावक, आफन्त वा पाकिस्तानमा रहेका अन्य नेपालीहरूले दूतावासका निम्न सम्पर्क माध्यममार्फत जुनसुकै बेला सहायता माग्न सक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया