विश्वकप एसिया छनोटः खेल रद्द भएपछि नेपाल र हङकङले बाँडे अंक


काठमाडौं — आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ ।

वर्षाका कारण खेल रद्द भएसँगै दुवै टिमले १—१ अंक बाँडे‌का छन् ।

थाइल्यान्डमा आजदेखि सुरु हुने भनिएको क्वालिफायर खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो ।

हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । सो खेल बिहान ८ः४५ बजे सुरू हुनुपर्ने तालिका रहेको थियो ।

प्रतिक्रिया