

रेशमलाई थुनाउने महिमानविरुद्ध सरकारी कागजात कीर्ते मुद्दा

काठमाडौं— सर्वोच्च अदालतकाे मुद्दा तथा रिट शाखाका अधिकृत महिमानसिंह विष्टले अदालतको आधिकारिक लेटरप्याड र छापको प्रयोग गरी कारागार चलानसम्बन्धी किर्ते पत्र लेखेपछि उनलाई सरकारी कागजात कीर्तेसम्बन्धी अभियोग लाग्ने भएको छ।
विष्टको गैरकानुनी पत्रका कारण रेशम चौधरी एक दिनका लागि पुनः कारागार चलान भए, भने विष्ट आफैँ प्रहरी हिरासतमा परेका छन्। प्रारम्भिक अनुसन्धानमा विष्टले गल्ती स्वीकार गरिसकेको र उनीमाथि ठोस प्रमाणका आधारमा कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।
सर्वोच्च अदालतको आन्तरिक साखसमेत प्रभावित गर्ने यो घटनाले अदालत प्रशासनभित्र पारदर्शिता, जिम्मेवारी र नियन्त्रण प्रणालीको पुनरावलोकन आवश्यक भएको सन्देश दिएको छ।

