

प्रकाशित समाचारप्रति बरिष्ठ सई पाण्डेले गरे खण्डन

काठमाडौं – प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) वीरेन्द्र पाण्डेले यस न्यूजपोर्टलमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
यस कागजपत्रडटकममा मिति २०८१ वैशाख ११ गते प्रकाशित ‘टोखामा वरिष्ठ सई पाण्डेको दादागिरीले व्यवसायी त्रसित, ग्राहक पनि तनाव झेल्दै’ शीर्षकको समाचार उनले खण्डन गरेका हुन् ।
उक्त समाचारमा भनिए जस्तो सत्यता नभएको भन्दै बरिष्ठ सई पाण्डेले आफूले कुनै पनि व्यवसायीलाई त्रसित नबनाएको र आफू सधैं पेशेवर र सहिष्णु रहेको जनाउँदै सञ्चारमाध्यममा आएका कुराहरु कपोलकल्पित भएको जनाएका छन् ।
उनले इमेलमार्फत् पठाएको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

