

फेरि आयो सलमान खानलाई धम्की

काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई फेरि एक पटक ज्यान मार्ने धम्की आएको छ ।
एक अज्ञात व्यक्तिले मुम्बईको वरलीस्थित यातायात विभागलाई व्हाट्सएप सन्देश पठाए, जसमा सलमान खानको कारलाई बमले उडाउने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार राति अबेर पठाइएको यो सन्देशमा लेखिएको छ – “हामी सलमान खानको घरमा पस्नेछौं र उनलाई मार्नेछौं ।”
मुम्बईको वरली प्रहरीले अनुसन्धान सुरु गरेको छ । गत वर्ष अप्रिल १४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोलीबारी भएको थियो ।
लरेन्स ग्याङले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

