

आज पनि शिक्षकहरुको आन्दोलन, काठमाडौंका सडक अस्तव्यस्त

काठमाडौं- शिक्षकहरुको आन्दोलनका कारण सोमबार(आज) पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ ।
सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सदनमा दर्ता गरेको शिक्षा विधेयक विरुद्ध बुधबारदेखि देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन् ।
जसका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो ।
आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी संचालन हुनै सकेका छैनन् भने अन्य स्थानमा ठूलो जाम भएको छ । जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ । मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ ।

