

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी, भारतमा पक्राउ परे नेपाली युवक

रौतहट- मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन् ।
मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए ।
सिमावर्ती भारतीय गाउँ पिठवा छेऊ पिलर संख्या ३५६र४ नजिकै मंगलबार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।
बरामद गाँजा, मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ ।

