खाजा घरमा बालिकालाई यौन व्यवसायमा लगाउने गोरखाका ढकाल पक्राउ


काठमाडौं — मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा दोषी ठहर भई ५ वर्ष कैद सजाय तोकिएका एक व्यक्ति गोरखाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति गोरखा नगरपालिका–११ का २१ वर्षीय निरज ढकाल हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखाबाट पक्राउ गरेको हो ।

ढकालले काठमाडौंको टोखा क्षेत्रमा घर भाडामा लिएर खाजा घर सञ्चालन गरिरहेका थिए । सोही खाजा घरमा एक बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा उनी २०७९ मंसिर २५ गते पक्राउ परेका थिए । प्रति ग्राहक एक हजार रुपैयाँ लिने गरी बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोप लागेको थियो ।

त्यसपछिको मुद्दा प्रक्रिया अन्तर्गत अदालतले उनलाई दोषी ठहर गर्दै ५ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । पक्राउपछिको समयमा उनी १ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

ब्यूरोको टोलीले अब पुनः पक्राउ गरी उनलाई सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाएको छ

प्रतिक्रिया