

तीनकुने घटनामा पक्राउ परेका नेताहरूलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा

काठमाडाैं- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।
सामूहिक गिरफ्तारीको अगुवाइ आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्दै उनले अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको बताए ।
उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

