प्रहरी कार्यालय अगाडी नै शव फेला


कैलाली – कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो ।

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापासहितको टोली घटनास्थलमा छ ।

शवको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया