

दाउन्ने सडकखण्ड आजदेखि चारघन्टा बन्द

त्रिवेणी — नारायणगढ—बुटवल सडक दाउन्ने खण्डमा मंगलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड मंगलबारदेखि चैत ३१ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।
वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ।

