कतारविरुद्ध नेपालको शानदार जित


काठमाडौं — नेपालले सहज जितसहित चारदेशिय टी–२० सिरिज सुरुआत गरेको छ।

हङकङमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।

१५२ रनको लक्ष्य पाएको नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट ब्याटिङ गर्दै सहज जित दिलाएका हुन् ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३७ रन बनाए भने ओपनर कुशल भुर्तेलले ३८ रन बनाउँदा आशिफ शेखले ३३ रन बनाए ।

खेलमा नेपालले कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो भने दोस्रो विकेटका रुपमा आशिफ आउट भएका थिए ।

आशिफ आउट भएपछि मैदान प्रवेश गरेका बसिर अहमदले अविजित ३० रन बनाएका थिए ।

त्यसअघि कतारले पहिले ब्याटिङ गर्दै नेपाललाई १५२ रनको लक्ष्य दिएको थियो ।

कतारले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको हो।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाए। शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए।

नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिए।

 

प्रतिक्रिया