संखुवासभामा दुई वटा शंकास्पद वस्तु भेटियो


संखुवासभा- संखुवासभाको चैनपुरमा सोमबार बिहान दुई वटा शंकास्पद वस्तु फेला परेको छ।  चैनपुर नगरपालिका–६ मा नगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्ने क्रममा ती शंकास्पद वस्तु फेला परेको हो ।

द्वन्द्वकालमा सप्रबल सुरक्षा बेस चैनपुर रहेको स्थानमा चैनपुर नगरपालिकाका कर्मचारीहरुले सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनााएको छ ।

संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतका अनुसार गडीडाँडा जाने बाटोको बाँयापट्टि तारसहित जमिनमा गाडिएको अवस्थामा ती वस्तु फेला परेको हो । बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको उनले बताए ।

प्रतिक्रिया