

बाजुरामा बाघको आक्रमणबाट बालकको मृत्यु

बाजुरा- बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
आइतबार खप्तडछेडेदह गाउँपालिका–३ धुरतोलाका ८ वर्षीय बालक बिजय रावतलाई घरदेखि करीब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो ।
रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करीब डेढ सय मिटर पर पुगाएर छाडेको थियो । रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

