

तीनकुने घटनामा संलग्नहरुको पहिचानका लागि प्रहरी आक्रामक, प्रमाण उपलब्ध गराउन सार्वजनिक सूचना

काठमाडौं – नेपाल प्रहरीले तीनकुनेमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिको खोजीमा आक्रामक बनेको छ ।
२ जनाको ज्यान र सयौं जना घाइते हुने गरी घटेको शुक्रबारको घटनामा संलग्नहरुको पहिचानका लागि सूचना जारी गर्दै प्रहरीले प्रमाणको आह्वान गरेको हो ।
नेपाल प्रहरीले एक सूचना प्रकाशित गरी यही १५ गते काठमाडौंका तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका विभिन्न क्षेत्रहरुमा निजी सम्पत्ती, प्रहरी कार्यालय, सञ्जार गृह, राजनीतिक दलका कार्यालय व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारी साधनहरुमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिका सम्बन्धमा प्रमाण संकलनका लागि तथ्यपरक सूचना, फोटो, भिडियो, संलग्नको व्यक्तिको विवरण उपलब्ध गराउन आह्वान गरेको छ ।

