राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने


काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जगमान गुरुङलाई आन्दोलनको नेतृत्वकर्ता तोकेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्- सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगमान गुरुङले गर्नु हुनेछ। आन्दोलन निरन्तर राख्न सम्बन्धित सबै दल र संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु ।

शुक्रबारको हिंसात्मक प्रदर्शनपछि ८६ वर्षीय सुवेदीलाई सरकारले घरमै नजरबन्दमा राखेको छ। साथै राप्रपाका केही नेतासहित अरु थुप्रै पक्राउ परेका छन् ।

प्रतिक्रिया