

राजावादीको प्रदर्शनमा पेस्तोलसहित देखिएका व्यक्ति को हुन् ?

काठमाडौं- शुक्रबार अपरान्ह कोटेश्वरमा एक सादा पोशाकका व्यक्तिले पेस्तोल ताकेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजावादीहरूले ‘आन्दोलनमा घुसपैठ भयो भन्दै’ उक्त तस्वीर भाइरल बनाइरहेका छन् ।
ती व्यक्ति लागु औषध नियन्त्रण व्युरोका सादा प्रहरी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । आन्दोलनका क्रममा व्युरोको गाडी राजावादी प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड गर्दै थिए। सोही क्रममा सादा पोसाकका ती प्रहरीले पेस्तोलसहित पोजिसन लिएको एक अधिकारीको भनाइ छ ।
लागुऔषध ब्यूरोमा सबै प्रहरीहरू सादा पोशाकमा तैनाथ हुन्छन् । लागुऔषध ब्यूरोमा सबै प्रहरीहरू सादा पोशाकमा तैनाथ हुन्छन् ।

