काठमाडौं प्रहरीका प्रमुख अधिकारीलाई ‘असक्षम’ साबित गर्न यतिसम्मको षडयन्त्र


काठमाडौं –  हिजो (शुक्रबार) काठमाडौंमा राजसंस्थाको पक्षमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो । प्रदर्शनका कारण राजधानीका केही स्थानहरूमा तनाव उत्पन्न भएको थियो, तर अहिले स्थिति सामान्य बन्दै गएको छ, स्थानीय प्रशासनका अधिकारीहरूले जनाएका छन् ।

प्रहरीले शुक्रबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म कफ्र्यू लागू गरेको थियो, जुन शनिबार बिहान ७ बजेबाट हटाइएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कफ्र्यू हटाउने निर्णयको सूचना जारी गर्दै स्थिति सामान्य बन्दै गएको बताएका छन् ।

यस प्रदर्शनका क्रममा, राजसंस्था पुनस्र्थापनाका पक्षमा उठेका आवाज र ज्यान गुमाएका दुई युवाको दुखद घटनाले आन्दोलनलाई हिंसात्मक बनायो ।

प्रदर्शनकारीहरूले निजी घरहरू, व्यावसायिक भवनहरू, दलका कार्यालय र सवारीसाधनहरूमा तोडफोड र आगजनी गरेका छन् भने कतिपय स्थानमा लुटपाटसमेत भएको छ ।

प्रदर्शनमा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका पक्षमा संघर्षरत कार्यकर्ताहरूले हिंसात्मक गतिविधिहरू गरेका थिए । तीनकुनेमा आयोजना भएको प्रदर्शनमा शुरूवातदेखि नै गडबड र हिंसा फैलिन थालेको थियो ।

यसै क्रममा, पत्रकार सुरेश रजकले प्रदर्शनको रिपोर्टिङ गर्दै थिए, तर प्रदर्शनकारीहरूले आगो लगाएको भवनमा फसेर उनको मृत्यु भएको थियो । त्यसै दिन प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको पनि ज्यान गएको छ ।

प्रहरीका अनुसार, प्रदर्शनका क्रममा ५३ जना नेपाल प्रहरीका कर्मचारी र २४ जना सशस्त्र प्रहरीका कर्मचारी घाइते भएका छन्। झडपमा ३५ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी अधिकारीहरूको भनाइ अनुसार, प्रदर्शन योजनाबद्ध
रूपमा हिंसात्मक बनाइएको थियो । प्रदर्शनको सुरुवातमै दुर्गा प्रसाईंले आफैं गाडी चलाउँदै प्रहरीलाई धक्का दिँदै निषेधित क्षेत्र तोड्न प्रयास गरेका थिए । प्रहरीले उनलाई रोक्न प्रयास गर्दा घटनाले थप उग्र रूप लिएको थियो ।

प्रसाईंलाई मात्र होइन, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, र संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल लगायतका नेताहरूले पनि प्रदर्शनलाई उग्र बनाउन निर्देशन दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार, दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न उक्साएका थिए, जसले स्थिति अझ जटिल बनायो ।

यसै बीच, प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूलाई घरबाटै पक्राउ गरिएको जानकारी प्राप्त भएको छ, जबकि आन्दोलनको प्रमुख कमान्डर दुर्गा प्रसाईं भने फरार रहेका छन् ।

तर, यस सबै बीचमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई असक्षम साबित गर्न एक गहिरो षडयन्त्र चलिरहेको छ ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवाको रेसमा रहेका अधिकारीहरूले एसएसपी विश्व अधिकारीको नेतृत्व र क्षमतामाथि प्रश्न उठाउँदै विभिन्न रणनीतिहरू अपनाइरहेका छन् । उनका निकटवर्ती व्यक्तिहरू र पत्रकारहरूलाई समेटेर सामाजिक सञ्जाल र मिडियामा अधिकारीलाई बदनाम गर्ने प्रयास भइरहेका छन् ।

यसका साथै, केही व्यक्तिहरू एसएसपी विश्व अधिकारीको सरुवा गरेर उनलाई काठमाडौं परिसरबाट हटाउनका लागि षडयन्त्र गरिरहेका छन् । उनीहरु आफू त्यो पदमा आउन निटकका पत्रकारलाई उचारलेर स्टाटस लेख्न लगाउनुका साथै समाचार
नै लेख्न लगाउने कार्यमा लागिरहेका छन् ।

एसएसपी विश्व अधिकारीले उच्च कमाण्डको आदेश अनुसार संयमता अपनाए र प्रदर्शनकारीमाथि अत्यधिक दमन नगर्न निर्णय गरे । उनका निर्णयका कारण आन्दोलनकारीहरूले प्रहरीको घेरा तोड्न र निषेधित क्षेत्र प्रवेश गर्न सकेनन्, जसले दुर्गा प्रसाईंको प्रतिनिधिसभा भवन कब्जा गर्ने योजनालाई विफल बनायो । यस घटनाले एसएसपी अधिकारीको निर्णय र नेतृत्वको सस्तो मूल्यांकन गर्ने प्रयासलाई एक चुनौतीका रूपमा प्रस्तुत गरेको छ ।

तर एसएसपी विश्व अधिकारी, डिआइजी बढुवाको रेसमा पहिलो स्थानमा रहेको हुनाले अन्य दावेदारहरू उनलाई असक्षम र कमजोर साबित गर्न विभिन्न प्रयास गर्दैछन् । यस्ता प्रयासहरू गर्दा प्रहरीको आन्तरिक शक्ति संघर्ष र क्षेत्रीय राजनीति पनि बीचमा आउन थालेका छन् ।

यसका अतिरिक्त, पहिले संसद भवनमा अराजकता मच्चाउने प्रयासमा असफल भएका कतिपय पूर्व प्रहरी अधिकारीहरु पनि एसएसपी अधिकारीको विरोधमा सक्रिय भएका छन् ।

गत वर्षको फागुन १४ गते संघीय संसदको दुवै सदनका बैठक चलिरहेको समयमा आन्दोलनकारी लघुवित्त पीडितहरू संसद भवन परिसरमा प्रवेश गरेका थिए । यस घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । तर अहिले  एसएसपी विश्व अधिकारीले आफ्नो नेतृत्वमा प्रहरी बललाई व्यवस्थित गर्न र प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रभावकारी कदम उठाए ।

एसएसपी अधिकारीले तीनकुनेमा राजावादी आन्दोलनका प्रमुख दुर्गा प्रसाईंलाई बानेश्वरतर्फ जान नदिएर ठूलो जोखिमबाट संसद भवनलाई जोगाए । यस कदमले प्रदर्शनलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो, यदि आन्दोलनकारीहरूले बानेश्वर पुग्न सकेका भए, स्थिति अत्यन्त गम्भीर हुन सक्थ्यो ।

यहि फागुन १८ गते काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको थियो । त्यसपछि आन्दोलनकारीलाई अझ अराजक बन्न्बाट रोक्न एसएसपी अधिकारी आफैं फिल्डमा खटिएका थिए ।

प्रतिक्रिया