

तीनकुनेमा राजावादीहरूले पुर्याएको क्षतिको जरिवाना पूर्वराजालाई तिराउने निर्णय

काठमाडौं- काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ ।
शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।
उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिराउन लागेको हो ।
ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए ।

