

तिनकुने घटनामा संलग्न रहेको आरोपमा पुष्कर खतिवडा पक्राउ

काठमाडौं- धार्मिक अभियन्ता तथा सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार इमाडोलस्थित निवासबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले खतिवडालाई पक्राउ गरेको पुष्टि गरेको छ। आफूमाथि पक्राउ परेका विषयमा उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै लेखेका छन्, “मलाई भर्खरै महाराजगञ्ज प्रहरी वृत्तमा ल्याइएको छ। देशका लागि शुभकामना।”
तिनकुने क्षेत्रमा भएको अराजक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

