काठमाडौंमा राजावादी प्रदर्शन उग्र, यी क्षेत्रमा कर्फ्यु आदेश


काठमाडौं – राजावादी प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शान्तिनगर पुलदेखि जडिबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। प्रशासनले जारी गरेको आदेशअनुसार आज राति १० बजेसम्म कर्फ्यु जारी रहनेछ ।

प्रदर्शनकारीहरूले कपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, र सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

यही क्रममा तीनकुने क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको छ । हाल प्रदर्शन स्थल तीनकुने मैदान खाली गराइएको छ भने प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।

प्रतिक्रिया