काभ्रेबाट काठमाडौं उपत्यका प्रवेशमा सवारी साधनलाई रोक


काभ्रेपलाञ्चोक – काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा पूर्ण रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमानामा पर्ने साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी आवागमनलाई अवरुद्ध गरिएको छ ।

बिपी राजमार्ग हुँदै काठमाडौं जाँदै गरेका सवारीलाई भकुन्डेबेसीमा रोकिएको छ भने अरनिको राजमार्ग हुँदै उपत्यका प्रवेश गर्ने गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।

प्रतिक्रिया