

तीनकुनेमा खटिएकी एक सशस्त्र प्रहरीको टाउको फुट्यो

काठमाडौं — राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा खटिएकी एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ ।
एक स्थानीयको घरमा आगो लगाएर उग्र बनेका प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
अहिले राजावादी समूहले विभिन्न व्यक्तिगत घरहरुमा र केही सञ्चारमाध्यमका कार्यालयहरुमा तोडफोड गरेको छ ।

