

तीनकुनेमा प्रहरीले गर्यो हवाई फायर

काठमाडौं- राजसंस्था पक्षधरहरूको प्रदर्शनस्थल तीनकुनेको अवस्था तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले बाटो अवरुद्ध गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
तीनकुनेको निजी घरमा आगलागी हुनुका साथै उग्र भिडले घरबाट बाहिर निकालेर सामानहरू जलाएका थिए ।
तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ।

