प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको गन


काठमाडौं- काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ। प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने ग्यास गन नै खोसेका छन् ।

राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो ।  तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो।  प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।

प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन् ।

तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।

प्रदर्शनकारीको आक्रमणमा सशस्त्र प्रहरीकी एक जवानको टाउको फुटेको छ । अहिले पनि तनाव भएकाले क्षतिको सबै विवरण आइसकेको छैन ।

प्रतिक्रिया