

‘छावा’ बन्यो दोस्रो सर्वाधिक कमाउने बलिउड फिल्म

मुम्बई- विक्की कौशलको फिल्म ‘छावा’ ले हालसम्म हिन्दी फिल्मको अधिकांश रेकर्ड तोडेको फिल्मले छैटौँ साताको अन्त्यमा राम्रो कमाई गरेपछि साताका दिनमा रोकिने सङ्केत देखिएको छैन।
फिल्म रिलिज भएको आज ४० औँ दिन भएको छ र फिल्मले शाहरुख खानको जवानबाहेक सबै बलिउड फिल्मको लाइफ टाइम कलेक्सनलाई उछिनेको छ। फिल्मको सोमवारसम्मको कमाइसँग सम्बन्धित प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ ।
आधिकारिक तथ्याङ्कका अनुसार छावाले पाँच हप्ता अर्थात् ३५ दिनमा ५८५.८१ करोड रुपैयाँ कमाएर रेकर्ड बनाएको थियो। तर, दुई हप्तामा हिन्दीबाट ५७१.४० करोड र तेलुगुबाट १४.४१ करोड रुपैयाँ कमाइसकेको छ। यसपछि ३६, ३७ र ३८ औँ दिन दुवै भाषामा फिल्मको कमाई क्रमशः २.१ करोड, ३.६५ करोड र ४.६५ करोड थियो। अर्थात् ३८ दिनसम्म कुल सङ्कलन ५९६.२१ करोड रुपैयाँ भएको थियो।
अब बलिउडमा छावाको अगाडी एउटा मात्र फिल्म बाँकी रहेको छ र त्यो हो सन् २०२३ मा शाहरुख खानको ‘जवान’ जसले त्यति बेला ६४०.२५ करोड कमाएको थियो।
‘जरा हटके जरा बचके’ बनाएका निर्देशक लक्ष्मण उतेकरले ‘छावा’ १३० करोडको बजेटमा बनाएका हुन्। फिल्ममा विक्की कौशल छत्रपती संभाजी महाराजको भूमिकामा देखिएका छन्।

