बालिका बलात्कार गरेको आरोपमा किशोर पक्राउ


काठमाडौं- प्रहरीले पर्वतबाट १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर छन् ।

उनले पीडितलाई मंसिर ३ मा बलात्कार गरेको आरोप छ । आइतबार पक्राउ गरेर आरोपीमाथी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया