

सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते

सल्यान – सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै गतियानामा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानकाअनुसार दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो ।
यात्रुबाहक जीपमा चालकसहित १८ जना सवार थिए । गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

