

आईजी थापालाई हेडक्वार्टरमा एआईजीद्वय गिरी र तामाङको ‘गुच्छा’ !

काठमाडौं – नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिन्ह लगाइसकेपछि प्रहरी प्रधान कार्यालयका पुगेका दीपक थापालाई आईजीको दौडमा रहेका अन्य २ प्रतिस्पर्धीहरुले स्वागत गरेका छन् ।
मंगलबार बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह ग्रहण गरेपछि हेडक्वार्टर पुगेका थापालाई आइतबार यतिबेलासम्म प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङ र सुदीप गिरीले स्वागत गरेका छन् ।
पद बहालीका लागि हेडक्वार्टर पुग्दै गर्दा थापालाई गिरी र तामाङसहितका अन्य उच्च अधिकृतका साथै प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
नवनियुक्त आईजीपी थापाले हेडक्वार्टर पुगेर पदबहाली गरिसकेका छन् ।

